४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

दोस्रो विश्‍वयुद्धपछि पहिलो पल्ट विम्बल्डन स्थगित



लन्डन ।
दोस्रो विश्वयुद्धपछि पहिलो पटक विम्बल्डन २०२० स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको महामारीका कारण विश्व टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता नहुने भएको हो ।
रोजर फेडेरर र सेरेना विलियम्स जस्ता खेलाडीले प्रतियोगिता नहुने घोषणाले आफूहरू स्तब्ध भएको बताएका छन्। लन्डनको आयोजक अल इंग्ल्यान्ड क्लबको यो घोषणाले पूरा सिजनमा ठूलो धक्का पुगेको छ।
अब कम्तीमा मध्य जुलाईसम्म कुनै टेनिस प्रतियोगिता हुने छैनन्। यसपल्टको विम्बल्डन तय कार्यक्रम अनुसार जुन २९ बाट सुरु हुनु पर्ने हो। त्यसमा नोभाक जोकोभिच र सिमोना हालेप डिफेन्डिङ च्याम्पियन थिए।
आयोजक क्लबले प्रतियोगिताको स्थगन गर्ने निर्णय निकै गाह्रो भएको र यसमा उत्तिकै दुःख र पीडा रहेको पनि बताएको छ। तस्बिरः रोयटर्स

प्रकाशित मिति : २० चैत्र २०७६ बिहिबार ००:००  १० : २७ बजे