एजेन्सी ।
इटालियन सिरी ‘ए’ क्लब किएभोका पुर्व गोलरक्षक स्टेफानो सोरेन्टिनोले पेनाल्टी बचाएपछि पोर्चुगल तथा युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो एकदमै रिसाएको खुलासा गरेका छन् । रोनाल्डो र सोरेन्टिनोबीच गत सिजनमा पहिलोपटक भेट भएको थियो ।
२१ जनवरी २०१९ मा घरेलु मैदानमा युभेन्टसले किएभोमाथि ३–० को जित निकालेपनि रोनाल्डोले पेनाल्टी चुकाएका थिए । उनको पेनाल्टी सोरेन्टिनोले बचाएका थिए ।
‘उनले मलाई एक हात दिए र मलाई बधाई दिए । तर, उनमा अझै रिस मरेको थिएन । मैले इटालीमा यस्तो घट्ना कहिल्यै भोगेको थिएन । उनले मलाई जर्सी पनि दिएनन् । त्यसपछि युभेन्टसका अर्का खेलाडी पाउलो डिबालाको जर्सी लिएँ । जे भयो राम्रो भयो ।’
युभेन्टसले २–० ले अग्रता लिएको अवस्थामा दोस्रो हाफमा युभेन्टसले पेनाल्टी पाएको थियो । जसमा रोनाल्डो चुकेका थिए । ४१ वर्षीय भेट्रान गोलरक्षक सोरेन्टिनो संन्यास लिएर अहिले इटालीको आठौं डिभिजनको क्लब सेर्भोबाट फरवार्डको रुपमा खेलिरहेका छन् ।







प्रतिक्रिया