मायादेवी अनलाइन, चारनम्बर ।
जेसिज कपिलवस्तुले ‘घरघरमा डाक्टर अभियान’ शुक्रबार पनि गरेको छ । कोरोना भाइरसको कारण मुलुकमा त्रासको अवस्था सिर्जना भएको र विरामी पनि अस्पताल जान डर मानेपछि घरघरमा डाक्टर अभियान गरिएको हो ।
अभियानको तेस्रो दिन शुक्रबार बाणगङ्गा नगरपालिका वडा नं. ८ को विशेष सहयोगमा सिसहनियाको अति विपन्न बस्तिमा कोरोनासम्बन्धि सचेतनासहित साबुन वितरण गरिएको छ ।
“घर घरमा डाक्टर अभियानमा वडा नं. ८ का वडाअध्यक्ष गुणनिधि भुसाल, कपिलवस्तु सामुदायिक अस्पतालका सिनियर डाक्टर दिपेन्द्र चन्द र पारामेडिक्स दुर्गा भुसाल लगायतको सहभागिता थियो ।
शुक्रबार पनि त्यस बस्तिमा १ सय परिवारको थर्मागन मेसिनद्धारा ज्वरो नाप्ने, समस्या सोध्ने, कोरोनाका लक्षण र यसबाट बच्ने उपायबारे जानकारी दिने काम भएको जेसिज कपिलवस्तुका अध्यक्ष मनोज खत्रीले जानकारी दिनुभयो ।
जेसिजका महासचिव प्रविन पौडेलको संयोजकत्वमा सुरु भएको अभियानको क्रममा ती घरमा साबुन पनि वितरण गरिएको थियो ।
२१ चैत्र २०७६ शुक्रबार ००:००
0
Shares







प्रतिक्रिया