१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कोरोना भाइरसले न्यूयोर्कमा हरेक साढे दुई मिनेटमा एकजनाको मृत्यु



एजेन्सी ।
अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टर न्यूयोर्कमा अवस्था सुधार हुने शंकेत देखिएको छैन । न्यूयोर्क राज्यमा शुक्रबार एकै दिन नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट अहिलेसम्मकै धेरै ५६२ जनाको मत्यु भएको छ ।

न्यूयोर्कमा हरेक साढे दुई मिनेटमा एकजनाको कोरोना भाइरसका कारण मृत्यु भएको देखिएको छ । न्यूयोर्कमा अहिलेसम्म ३२ सय १८ जनाको मृत्यु भएको छ ।

यो अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुने कुल संख्याको झण्डै आधा हो । अमेरिकामा अहिलेसम्म कोभिड–१९ का कारण सात हजार चार सय ६ जनाको मृत्यु भएको छ ।

न्यूयोर्कमा कुल संक्रमितको संख्या एक लाख तीन हजार ४७६ पुगेको छ । अमेरिकामा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ४६७ पुगेको छ ।

न्यूयोर्कपछि कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित राज्य न्युयोर्कसँगै सीमा जोडिएको न्यू जर्सी हो । न्यू जर्सीमा अहिलेसम्म २९ हजार ८९५ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या ६४६ पुगेको छ ।

मिसिगन, क्यालिफोर्निया, मासाचुसेट्स, लुजियाना र फ्लोरिडामा १० हजार भन्दा बढीमा संक्रमण भएको छ । यस्तै यी राज्यमा क्रमशः ४७९, २८५, १९२, ३७० र १७० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६ शनिबार ००:००  ९ : ४७ बजे