१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

आज ४ वटा विमानको अन्तर्राष्ट्रिय उडान, ७ सय ७० विदेशी पठाइँदै



काठमाण्डौँ ।
अन्तर्राष्ट्रिय उडानका लागि शनिबार ३ एयरलाइन्स कम्पनीका ४ वटा विमानले उडान अनुमति पाएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार २ वटा कतार, १ चेक र १ मालिन्डो गररे ४ वटा उडानका लागि अनुमति दिइएको छ ।

४ वटा विमान चार्टर गरेर ५ देशका ७ सय ७० विदेशी नागरिक पठाइँदै छ । जर्मन दूतावासले चार्टर गरेको कतार एयरलाइन्सले जर्मनी र फ्रान्सका नागरिक लैजाँदै छ । यी २ विमान नै काठमाडौंमा आइसकेका छन् ।

त्यस्तै, चेक गणतन्त्रले आफ्ना नागरिकलाई लैजान चेक एयर पठाउँदै छ । चेक एयरले ९५ जना यात्रु लैजाँदै छ । यस एयरले काठमाडौंबाट अर्मेनिया एयरपोर्टमा उडान गर्दै छ ।

त्यस्तै, मलेसिया र सिङ्गापुरका नागरिक लैजानका लागि मलेसियाको मालिन्डो एयर काठमाडौं आउँदै छ । यो विमानले सिङ्गापुर र मलेसियाााका गरी ७३ जना यात्रु लैजाँदै छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६ शनिबार ००:००  ११ : ३४ बजे