२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

कोरोना भाइरसबारे जनचेतनामा सशस्त्र प्रहरी



अजय मिश्र, कृष्णनगर ।
संसारभर महामारीको रुपमा लिएको कोरोना भाइरसबारे कपिलवस्तुको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल ३९ नं. गुल्मले जनचेतना अभियान चलाएको छ ।
भाइरसको संक्रमण रोक्नका लागि नेपाल सरकारले समेत लक डाउन गरेको छ । सोही निर्देशन पालना गर्दै कृष्णनगरका सशस्त्र प्रहरीहरू बजार व्यवस्थापन, नगरपालिकाले तोकेको समयावधिमा मात्र पसल खोल्न दिने नियम र सिमा नाकामा कडाई गर्ने अभियानमा जुटेका हुन् ।
साथै गाडीमा सशस्त्र प्रहरीको विशेष टोली खटाई जनचेतना फैलाउन माइकिङको सहायताले टोल टोलमा पुगिरहेको छ ।
सिमा सुरक्षा लगायत सरकारको निर्देशन पालना गर्दै आफूहरु जनताको सेवामा दिनरात खटिरहेको सशस्त्र प्रहरी बल ३९ नं. गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक शुसील शाहीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ चैत्र २०७६ शनिबार ००:००  १ : ३३ बजे