२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

वैशाख ३ गतेसम्म लक डाउन गर्न सरकारको तयारी



काठमाडौं । शनिबार दिउँसो ४ः३५ बजे सुरु भएको मन्त्रिपरिषद् बैठक साँझ सात बजेसम्म जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लकडाउन र समग्र देशको अवस्थाको बारेमा छलफलका लागि दिउँसो बोलाइएको बैठक लम्बिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ सात बजेसम्म बैठक जारी छ । ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मन्त्रिपरिषद्को ४ स् ३५ बजे सुरु भएको बैठक जारी’, थापाले फेसबुकमार्फत् लेखेका छन्, ‘बन्दाबन्दीको समग्र प्रभावका आयामको गम्भीर मूल्याङ्कन ।’

सरकारले विश्वव्यापी महामारी कोरोना ९कोभिड–१९० भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन थप गर्ने तयारी गरेको छ ।

चैत ११ गतेबाट सुरु भएको लकडाउन चैत २५ गतेसम्म थपेको सरकारले पुनः वैशाख ३ गतेसम्म लकडाउन गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दर्ता गरेको स्रोतको दाबी छ। बैठकमा स्वास्थ्य सामग्री खरिद र सकारले कोरोना नियन्त्रणका लागि अगाडि सारेका कार्यक्रमबारेसमेत छलफल भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६ शनिबार ००:००  ७ : २८ बजे