१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कांग्रेसले भन्योः कोरोना रोकथाममा सरकार जति गम्भीर हुनुपर्ने हो, त्यति भएन



काठमाडौं ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकार जति गम्भीर हुनुपर्ने हो, त्यति नभएको निष्कर्ष निकालेको छ ।

मंगलबार बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले कोरोनाको संक्रमण रोक्न पार्टीको सम्पूर्ण संयन्त्रलाई क्रियाशील बनाउने र सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले अनलाइनखबरसँग भने, ‘तर सरकार जति गम्भीर हुनुपर्ने हो, भएन । औषधि तथा स्वास्थ्य सामाग्री आपूर्ति प्रक्रियालाई पनि पारदर्शी बनाउन सकेन ।’

कांग्रेसले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्न र नेपाली भूमिमा ल्याएर क्वारेन्टाइनमा राख्न माग गरेको छ । सहमहामन्त्री महतले भने, ‘उनीहरुलाई नेपाली भूमिमा ल्याएर क्वारेन्टाइनमा राख्न सम्भव छ र यो हाम्रो कर्तव्य पनि हो ।’

कांग्रेसले स्वास्थ्य सामाग्री आपूर्तिमा भएको अनियमितताबारे छानविन गर्न समेत माग गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६ मंगलबार ००:००  ३ : २० बजे