१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

राहत नपाए वडा इकाईमा सम्पर्क राख्न कांग्रेस कपिलवस्तुको आग्रह



मायादेवी अनलाइन, तौलिहवा ।
नेपाली कांग्रेस कपिलवस्तुले कोरोना संक्रमणवाट बच्न पुनः लक डाउन लम्बिए पछि तत्काल विपन्नलाई राहत वितरण गर्न क्षेत्रिय र वडा इकाई समितिलाई सर्कुलर गरेको छ ।
जिल्ला सभापति सुरेन्द्रराज आचार्यले जिल्लाका क्षेत्रिय सभापतिहरुलाई दैनिक रुपमा ज्याला मजदुरी गरेर खाने वर्ग समस्यामा पर्ने भन्दै त्यस्ता व्यक्तिहरुलाई राहत वितरणमा लाग्न परिपत्र गरेका छन् ।


विभिन्न स्थानमा राहत वितरण गर्दा छुट हुन गएका तथा राहतमा विभेद भई प्राप्त गर्न नसकेकाहरुले नेपाली कांग्रेसका सम्वन्धित वडा इकाई समितिमा सम्पर्क राख्न समेत उनले आग्रह गरेका छन् ।

स्थानीय तहले कतै कतै राहत वितरण गर्दा वास्तविक गरिव जनता छुटेको भन्ने गुनासा आउन थालेकाले उक्त स्थानमा तत्काल राहत व्याकेज दिन पनि कांग्रेसले माग गरेको छ ।


यता पार्टी क्षेत्र नं. १ ‘ख’ का सभापति वलिउद्धिन खाँले विभिन्न इकाई सभापतिसंग सहकार्य गरी वास्तविक असाहयहरुलाई राहत वितरण गरिरहेको बताए ।


स्थानीय गरिव जनताहरु जिल्ला तथा क्षेत्रमा जान नसक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय गाउँमै रहेका पार्टीका वुथ इकाई समितिमा जनतालाई सम्पर्क गर्न र इकाई समितिले क्षेत्रिय समितिलाई जानकारी गराएपछि पार्टीको तह र तप्काबाट तत्काल राहत वितरण गरिने जिल्ला सचिव महेन्द्र कुमार पाठकले बताए ।


क्षेत्र नं. १ को वाणगगा नगरपालिकामा नेपाल विद्यार्थी संघ र तरुण दलले राहत वितरण कार्य सम्पन्न गरिसकेका छन् । आवश्यकतालाई मध्यनजर गरी जिल्लाका विभिन्न स्थानमा रहात वितरण गरिने नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७६ मंगलबार ००:००  ४ : १२ बजे