७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

विपन्नको घरदैलोमा नेविसंघ र तरुण दल, वाणगंगा–५ मा बाँडे राहत



मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल तरुण दल कपिलवस्तु र नेविसंघ छेत्र नं. १ ले राहत वितरणलाई जारी राखेको छ ।
कोरोना महामारीको बेला लक डाउन भएको अवस्थामा अति संकटमा परेकाहरुलाई तरुण दल र विद्यार्थी संघले दैनिक उपभोग्य सामग्री बाँडिरहेका छन् ।
यस अन्तरगत मंगलबार बाणगंगा नगरपालिका वडा ५ को कोपवा र झण्डामा मजुरी गरेर खाने अति बिपन्न परिवारलाई दैनिक उपभोग्य सामग्री दाल, चामल, नुन र तेल वितरण गरिएको तरुण दलका अध्यक्ष शक्ति सिँह ठकुरीले जानकारी दिनुभयो ।
कोरोनाको त्रास कारण सामाजिक दुरी कायम गरी ती सामग्री वितरण गरिएको थियो । यी संगठनले पछिल्लो क्रममा नगरपालिका भित्र वडागत रुपमा खाद्य सामग्री वितरण गर्ने कार्य भइरहेको नेविसंघका नेता चन्द्रकान्त पोख्रेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ चैत्र २०७६ मंगलबार ००:००  ७ : १९ बजे