८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तुको विजयनगरले स्वयमसेविकालाई प्रोत्साहन भत्ता दिने



घनश्याम भर, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले स्वयमसेविकाहरुलाई ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । सरकारले लगाएको लकडाउन अवधिभर गाउँघरमा खट्ने स्वयमसेविकालाई प्रोत्साहन भत्ता दिने गाउँपालिकाले जनाएको छ ।
विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि पलपलको खबर गाउँपालिकाले प्राप्त गर्न सम्पूर्ण स्वयमसविकाहरुलाई फिल्डमा खटाएको हो ।
फिल्डमा परिचालन हुने स्वयम्सेविकाहरुले प्रत्येक घरको तथ्याङ्क संकलन गरी गाउँपालिकामा दिनहुँ विवरण उपलब्ध गराउनु पर्ने जनाएको छ ।
यस्तै गाउँपालिकाले प्रत्येक जनप्रतिनिधि र कर्मचारीहरुलाई ५ सय रुपैयाँ रिचार्ज खर्च पनि दिने जानकारी दिएको छ । सरकारले लगाएको लकडाउन अवधीभर गाउँपालिकासँग सम्पर्कमा रहिरहनका लागि रिचार्ज खर्च उपलब्ध गराएको हो ।

प्रकाशित मिति : २५ चैत्र २०७६ मंगलबार ००:००  ७ : ३२ बजे