१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

पत्रकार बेल्बासेको जन्मोत्सवः १५ वर्षदेखि रुखमुनी बसेको परिवारमा खुसी



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुलाई कर्मभूमि बनाएर लामो समय देखि पत्रकारिता गरिरहनु पत्रकार मोहन बेल्बासेले आफ्नो जन्मदिन फरक ढंगले बनाउनु भएको छ । समाजमा खर्चिलो र भद्धा तवरले जन्मोत्सव मनाउने प्रचलन रहेकोमा पत्रकार बेलबासेले भने अति विपन्न परिवारलाई राहत दिएर जन्मदिन मनाउनु भयो ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका सह सचिव बेल्वासेले जन्म दिनमा बाणगंगा नगरपालिकाको वडा नं. ६ का २ अति विपन्न परिवारलाई चामल, चिउरा, भुजा तेल, सावुन, नुन, हरियो तरकारी लागाएतका सामग्री वितरण गर्नुभएको थियो ।

बेलबासेले लक डाउनको बेला समाजमा ज्याला मजदुरी गरी खाने वर्ग सारै पीडित भए पनि आफू स्थायी रुपमा बसेको वडामा २ परिवार अति पीडित भएको पाइए पछि त्यहाँ राहत लिएर पुगेको उहाँको भनाई छ ।

उहाँका अनुसार ३८ वर्षिया ज्ञानी थरुनी सो वडामा १५ वर्ष देखि रुखको सहारामा बस्दै आउनु भएको छ भने सुकम्बसी बस्तीका बयोवृद्ध तेज बहादुर दमैको परिवारलाई हरेक दिन विहान साँझ छाक टार्न धौधौ हुने गर्दछ ।

Image may contain: 3 people

लुम्बिनी दर्पण पत्रिकाका प्रकाशक समेत रहनुभएका बेल्बासेले पत्रकारहरु आफैमा समाज सेवामा रहे पनि जन्मदिनमा फरक सन्देश दिऊँ भन्ने लागेर आफूले ती परिवार पहिचान गरी सहयोग गरी जन्मदिन मनाएको बताउनु भयो । यसले उनीहरुलाई सधैको लागि राहत नभए पनि लक डाउनको बेला भने राहत दिएको बेलबासेको भनाई छ ।

बेल्बासेका अनुसार रुख मुनी वस्दै आएकी ज्ञानी थरुनी सुस्त मनस्थितिकी महिला पनि हुनहुन्छ । उहाँ गाउँमा एउटा ठुलो रुखमुनी सानो त्रिपालको झुपडी बनाएर १५ बर्षदेखि बस्दै आउनु भएको छ । उहाँले मागेर जिवन निर्वाह गर्ने गर्नुहुन्छ । लक डाउनमा पसल समेत बन्द भएको अवस्थामा उनको केहीदिनदेखि रोजिरोटी गुमेको बेलबासेले बताउनु भयो ।

यस्तै वृद्ध दमै परिवारमा समेत यति बेला सहारा दिने कोही नभएको र विहान साँझ छाक टार्ने केही नभएकोले आफूले जन्मदिनमा राहत बाँडिएको बताउनु भयो । राहत पाएपछि ती परिवार खुसी भएका छन् ।

उनीहरुले यो दुखमा पाएको सहयोगले ठुलो राहत मिलेको बताए । बेलबासेले ती २ परिवारमा अझैसम्म कुनै सहयोग दाता पुग्न सकेका छैनन् भने जनप्रतिनिधि पनि ती घरमा राहत लिएर पुग्न नसकेको दाबी गर्नुभयो । ती परिवारलाई आफूले बिभिन्न समयमा सहयोग गरिरहने पनि बेलबासेको प्रतिवद्धता छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६ बुधबार ००:००  ७ : ४७ बजे