७ असार २०८३, आइतबार | Sun Jun 21 2026

रोन्हाल्डिन्हो जेलबाट रिहा



एजेन्सी ।
ब्राजिलियन लेजेन्ड स्ट्राइकर रोनाल्डिन्हो अन्तत जेलबाट मुक्त भएका छन्। नक्कली पासपोर्टका कारण जेलमा पुगेका रोनाल्डीनन्होलाई पाराग्वेले मंगलबार मुक्त गरेको हो। नक्कली पासपोर्ट बोकेर अर्को देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा उनी र उनका दाई रोबर्टोलाई एक महिनाअघि पाराग्वेको एक होटलबाट प्रहरीले पक्राउ गरेको थियो। त्यस पछि अदालतमा उनीहरुको सुनुवाई हुँदा ६ महिनाको जेल सजाय हुने फैसला गरिएपनि ३२ दिनपछि नै उनीहरु रिहा गरिएको हो। न्यायाधीस गुस्ताभो अमरिल्लाले मुद्धाको फैसला नभएसम्म उनीहरुलाई एक होटेलमा बस्न सक्ने गरी जेलबाट रिहा गरिएको जानकारी दिए। तारेखमा छुट्नको लागि १.६ मिलियन डलर तिर्न नसकेपछि उनीहरु जेलमानै रहन बाध्य भएका थिए। रोनाल्डोका वकिल एडोल्फो मारिनले पुर्व खेलाडी रोनाल्डिन्होलाई झुटा कागजातको विषयमा केही थाहा नभएको र उनको सोझोपनलाई अदालतले बुझ्न नसकेको बताएका थिए। पुर्व स्टार फुटबलरलाई झुक्याइएको केस अदालतले नबुभ्mनु दुखद भएको तर्क गरिंदै आएको थियो। वकीलहरुले उनको नजरबन्द मनोमानी, अपमानजनक र गैरकानुनी रहेको भन्दै बहस गरेका थिए।

प्रकाशित मिति : २६ चैत्र २०७६ बुधबार ००:००  १० : १० बजे