८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कोरोना महामारीमा जुध्दै इंग्लिस फुटवल क्लवका खेलाडीहरु



एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबल क्लबका खेलाडीहरुले राष्ट्रिय स्वास्थ्य सेवालाई सहयोग गर्ने संयुक्त प्रयास सुरुवात गरेका छन् ।

कोरोना भाइरसको महामारी विरुद्ध लागेको एनएचएसको सेवालाई सहयोग गर्नका लागि खेलाडीहरुले संयुक्त प्रयासको थालनी गरेका हुन् ।

खेलाडीहरुले रकम संकलन गरी अत्यावश्यक परेका स्थानमा सहयोग गर्ने योजना बनाएका छन् । खेलाडीहरुले ह्यासट्याक प्लेअर्सटुक्यादर नामक प्रयासको थालनी गरेका हुन् ।

कोरोना भाइरस विरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका एनएचएसका सेवाकर्मीलाई सहयोग गर्नका लागि आफूहरुले अभियान थालनी गरेको खेलाडीले बताएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६ बिहिबार ००:००  ७ : १७ बजे