रेडियो   टिभी

एकदिवसीय र टी-ट्वान्टी वरीयतामा नेपाल १६ औं स्थानमा यथावत


काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल एकदिवसीय र टी-ट्वान्टी दुवैमा यथावत रहेको हो ।

एकदिवसीयमा नेपाल १६ औं स्थानमा रहेको छ । नेपालले १२ खेलमा २० रेटिङ अंक पाएको छ ।एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि ओमान, स्कटल्याण्ड र नेदरल्यान्ड्स रहेका छन् ।एकदिवसीयमा इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो, न्युजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।
यस्तै टी-ट्वान्टीमा नेपाल १५ औं स्थानमा रहेको छ । नेपालले २७ खेलमा १ सय ८५ रेटिङ अंक पाएको छ ।

नेपालको टी-ट्वान्टीमा ११ औं सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेका छन् । टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस