६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

डब्ल्युएचोका महासचिव ट्रेडोसद्वारा आफूलाई मार्ने धम्की दिइएको खुलासा



जेनेभा ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचो)का महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले कोरोना महामारी नियन्त्रणको प्रयास गरिरहँदा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

उनले गएको दुईतीन महिनादेखि आफुमाथि दुव्र्यवहार हुँदै आएको र व्यक्तिगत आक्रमण गर्नेदेखि जातीय दुव्र्यवहार गर्ने समेतका व्यवहार देखिएको गुनासो गरेका छन् । उनले आफुलाई काला जाति वा हब्सी भनेर बोलाइएको उल्लेख गरेका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै उनले ज्यान मार्नेसम्मका धम्की आएपनि आफुले त्यस्ता धम्कीको मतलब नराखेको बताएका छन् ।

व्यक्तिगत रुपमा जातीय समस्याबाट आफूलाई कसैले केही भन्छ वा गर्छ भने त्यसको प्रतिकार गरिने टेड्रोसले बताएका छन् । कोरोना भाइरसको नाममा राजनीति नगर्न पनि उनले आग्रह गरे ।

चीन र अमेरिकासँग मिलेर काम गर्नलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गरिएको आग्रहबारे पनि उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६ बिहिबार ००:००  ९ : ५१ बजे