४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

बेलायती प्रधानमन्त्री जोन्सन आइसियू बाहिर, स्वास्थ्यमा उल्लेख्य सुधार



एजेन्सी ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनलाई सघन उपचार कक्षबाट बाहिर निकालिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।तीन दिनको आइसियू बसाइपछि स्वास्थ्यमा सुधार आएसँगै जोन्सनलाई बाहिर निकालिएको हो । तर पनि उनी अस्पतालमा भने रहने छन् ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेका प्रधानमन्त्री जोन्सनको स्वास्थ्यमा सुधार नभएपछि गएको आइतबार अस्पताल भर्ना गरिएको थियो ।लण्डनको सेन्ट थोमस हस्पिटलमा उपचाररत उनको स्वास्थ्य गम्भीर भएपछि सोमबार आइसियूमा सारिएको थियो । तीनपछि उनको स्वास्थ्य राम्रो भएपछि बिहीबार आइसियू बाहिर सामान्य वार्डमा सारिएको हो ।बिहीबार बेलुका वार्डमा सारिए पनि डाक्टरहरुले उनको सुधारको निगरानी गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री जोन्सनको आत्मबल अति उच्च रहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६ शुक्रबार ००:००  ६ : १३ बजे