११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

ट्रम्प भन्छन्ः कोरोना उपचारमा प्रभावकारी औषधि पत्ता लाग्यो



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको बताएका छन् ।ह्वाइट हाउस कोरोना टास्क फोर्सको बिहीबारको नियमित ब्रिफिङ्गको क्रममा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिनका लागि अति उपयुक्त तथा प्रभावकारी हुने औषधि उत्पादन गरेको बताएका हुन् ।

त्यसको मानवीय परीक्षण चाँडै सुरु हुने उनले बताएका छन्।ट्रम्पले ब्रिफिङ्गको क्रममा औषधि उत्पादक सो औषधि या उपचार पद्धतिप्रति अति नै आशावादी र उत्साही रहेको बताए । अहिले त्यसको फुड एण्ड डर्ग एड्मिनिस्ट्रेसन ९एफडिए० ले परीक्षण गरिरहेको उनले जानकारी दिए ।विश्वभरका वैज्ञानिकहरु अहिले कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानमा जुटेका छन् । यसमा सकारात्मक काम भइरहेको भए पनि तत्काल कुनै खोप उलब्ध भइसकेको छैन् ।

यहिबिचमा कोरोना भाइरसको संक्रमण निको भएकामा पुनः संक्रमण तथा महामारीबाट बौरिन थालेका चीनसहितका देशमा फेरि महामारी फैलिन सक्ने चिन्ता छ ।यस्तोमा ट्रम्पले कोरोना भाइरसको संक्रमण पुनः हुन नदिने खालको औषधि पत्ता लागेको र त्यसको परीक्षण भइरहेको बताएका हुन् ।ट्रम्पले कोरोना भाइरसको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन पनि प्रभावकारी हुने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६ शुक्रबार ००:००  ६ : १७ बजे