१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सचेत रहनु पर्ने आजको मौसम



काठमाडौँ ।

देशको पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

शुक्रबार राति देशको पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। पश्चिमी पहाडी भूभागका केही स्थानमा भने राति पनि मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २८ चैत्र २०७६ शुक्रबार ००:००  ६ : ४५ बजे