१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

फिफा वरियातामा नेपाल यथावत



काठमाण्डौ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औं स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गएको महिना पनि नेपाल १७०औं स्थानमै रहेको थियो ।

दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन् । भारत १०८औं स्थानमा रहँदा माल्दिभ्स १५५औं स्थानमा रहेको छ ।नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ ।

भुटान १८९औं स्थानमा छ भने बङ्गलादेश १८७औं स्थानमा छ । त्यसैगरी पाकिस्तान २००औं स्थानमा रहँदा श्रीलङ्का २०६औं स्थानमा रहेको छ । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ । त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६ शुक्रबार ००:००  ७ : ०४ बजे