१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बेलायतका १ सय १ वर्षीय वृद्धले जिते कोरोना भाइरसलाई



काठमाण्डौ ।

कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमणबाट सबैभन्दा धेरै वृद्ध मानिसहरु प्रभावित भएका छन् । तर कोरोनाबाट सङ्क्रमित भएका एक जना एक सय एक वर्षीय वृद्ध भने उपचारपछि निको भएका छन् ।
बेलायतको वोरसेस्टरशायरका एक सय एक वर्षीय किथ वाट्सन उपचारपछि निको भएका वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । शल्यक्रियाको लागि अल्पताल पुग्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । केही समयको उपचारपछि उनी निको भएको अस्पतालले जनाएको छ ।
उनकी बुहारीले भनिन्, उहाँ यो उमेरमा पनि गज्जबको हुनुहुन्छ ।उनी अस्पतालबाट फर्किएपछि घरका सबै सदस्यले उनीसँग फोटो खिचाए र फेसबुमा शेयर पनि गरे । यो फोटो अहिलेसम्म तीन हजारभन्दा शेयर भएको छ भने पाँच सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६ शुक्रबार ००:००  ७ : ०९ बजे