रेडियो   टिभी

बाघको आक्रमणबाट कपिलवस्तुमा दूई जना गम्भीर घाइते


राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको विजयनगरमा बाघको आक्रमणबाट दुई जना व्यक्ति गम्भीर घाइते भएका छन् । गाउँपालिकाको वडा नं. १ नेवलागञ्जमा बस्ने ५५ वर्ष बर्मान रोका र ५० वर्षका दिलेराम थारुलाई बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभयो ।
अपराह्न साढे ३ बजेतिर जंगलमा बाख्रा हेर्न गएको अवस्थामा बाघले आक्रमण गरेको बताउनुभयो । दुबै जनाको अवस्था गम्भीर भएकोले बुटवलमा उपचारका लागि पठाइएको नेपाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस