८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

क्लब बार्सिलोनामा तीव्र विवाद, ६ बोर्ड सदस्यद्धारा राजीनामा



एजेन्सी ।
क्लब व्यवस्थापनमा असन्तुष्टि जनाउँदै स्पेनिस ला लिगा क्लब बार्सिलोनाका ६ जना बोर्ड सदस्यले राजीनामा दिएका छन् । उनीहरुले राजीनामा दिँदै अध्यक्ष जोसेप मासिया बार्तोमेउलाई क्लब व्यवस्थापनमा चित्त नबुझेको बताएका हुन् ।कोरोना भाइरस महामारीका कारण क्लबलाई परेको आर्थिक समस्या समाधानका लागि अपनाइएको उपायप्रति उनीहरुले संयुक्त पत्र लेखेर असन्तोष व्यक्त गरेका छन् ।

यस्तै गएको फेब्रुअरीमा भएको स्क्याण्डलको ह्याण्डलिङ्गको पनि उनीहरुले आलोचना गरेका छन् । आफ्नै खेलाडीको सामाजिक सञ्जालमा आलोचना गर्नका लागि निजी फर्मको सहयोग लिएको अभियोग बार्सिलोनामाथि लागेको थियो, तर बार्सिलोनाले सो आरोप अस्वीकार गरेको थियो ।क्लबका चार उपाध्यक्षमध्ये एमिली रोउसाउद र एन्ड्रिके तोम्बास तथा चार निर्देशकहरु सिल्भिओ एलिएस, जोसेप पोन्त, जोर्डी काल्सामिग्लिया र मारिया तेइसिडोरले राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६ शनिबार ००:००  ६ : २१ बजे