५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

घातक हुन सक्छ, लकडाउन हटाउन हतार नगरौँः डब्लुएचओ




एजेन्सी ।

विश्व स्वास्थ्य संगठनले विश्वभर जारी लकडाउन अहिले नै हटाए परिस्थिति झन् घातक हुन सक्ने चेतावनी दिएको छ। संगठनका महानिर्देशक डा। ट्रेडोस अडामोन गेब्रेससले केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नुपरे पनि प्रतिबन्ध खुकुलो पार्दा सावधान हुनुपर्ने बताए।

युरोपेली मुलुकमध्ये कोरोनाको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक स्पेन र इटालीले प्रतिबन्धहरूलाई केही सहज बनाएपनि लकडाउनलाई जारी नै राखेका छन्।हाल सम्सारभर १६ लाख बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने यसबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघिसकेको छ।

जेनेभाको एक भिडिओ समाचार कन्फ्रेसनमा ट्रेडोसले केही युरोपियन मुलुकमा कोरोना भाइरसको संक्रमण स्वागतयोग्य रुपमा कम भइरहेको बताए।

प्रकाशित मिति : २९ चैत्र २०७६ शनिबार ००:००  ८ : ३६ बजे