४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

प्यूठानदेखि हिडेरै जुम्ला



जुम्ला ।
लकडाउनु हुनुअघि मजदुरीका लागि प्यूठान गएका जुम्ला र कालीकोटका युवा पाँच दिनको पैदल यात्रापछि जुम्ला आइपुगेका छन् ।
कोरोना भाइरसको त्रासपछि देशमा लकडाउन भएर ज्याला मजदुरी बन्द भएपछि उनीहरू पैदल यात्रा गरेरै यहाँ आइपुगेका हुन् । हिमा गाउँपालिका ६ महाबै पाथरखोलाका तुलराज अधिकारीले मजदुरीका लागि प्यूठान जिल्ला पुगेका बेला देश लकडाउन हुँदा कामविहीन भएर आर्थिक सङ्कटमा परेपछि रोल्पा हुँदै रुकुम, जाजरकोट भएर पाँच दिनमा जुम्ला पुगेको बताउनुभयो ।
हर्क तिरुवाले लकडाउनको अवधि निश्चित नभएपछि बरु घरमै बसौँला भनेर चाउचाउ, बिस्कुट र पानीका भरमा दिनरात हिँडेर जुम्ला पुगेको सुनाउनुभयो।
कालीकोट जिल्लाका नौ र जुम्लाका चार गरी १३ जनालाई भौतिक संरचना निर्माणको जिम्मेवारी थियो । लकडाउनले काम पनि नहुने र भएका पैसा पनि सकिएपछि रातारात गरी आफ्नो जिल्ला आउनुपर्ने बाध्यता भएको तिरुवाले भन्नुभयो ।
प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार प्यूठान जिल्लाबाट जुम्ला र कालीकोटका स्थानीयवासी युवा भागेर आएको जाजरकोट जिल्लासँग सिमाना जोडिएको तातोपानी गाउँपालिका – ७ ताम्तीगाउँबाट जानकारीआएको बताउनुभयो ।
स्थानीय बासिन्दा र प्रहरी टोलीले कालीकोट जिल्ला तिलागुफा नगरपालिकाका चार, पलाता गाउँपालिकाका पाँच र जुम्ला, महाबै पाथरखोलाका चार युवावालाई नाग्म हेल्थ डेस्कमा जाँच गरेर १४ दिनसम्म बस्ने गरी क्वरेन्टीनमा राखेका छन् । रासस

प्रकाशित मिति : २९ चैत्र २०७६ शनिबार ००:००  ३ : २८ बजे