५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रिय नव वर्ष



केदार ज्ञवाली ।

प्रिय नव वर्ष ,
आशातित किरणका सप्तरङ्गी छालहरुले
मानव हृदयमा दन्किरहेको ज्वाला
निभाउने गरि आउ ।


प्रिय नव वर्ष,
कुन जुनीको श्राप
खेपिरहेछन् जन आज
प्रकृतिको सुवाससंगै रमेर छाउ ।
पुकार छ विश्व माताको
उजागर वस्तीहरुमा
आशाको त्यान्द्रो बोकेर आउ ।


प्रिय नव वर्ष,
चेत खाइसके मानव मस्तिष्कले
हृदयको आलो घाउ मेटाएर आउ ।
प्रिय नव वर्ष ,
निस्फिक्र डुलिरहेछ्न
प्रकृतिका पुजारी
सोह्रै आना शंख बजाएर धाउ
भैगो-भैगो भोगिसके दुनियाँ
अतितका घाउ मेटाएर छाउ ।


प्रिय नव वर्ष,
हरियाली वसन्तको वहारसंगै
कोरोना कहर लडाएर आउ ।
पुष्पाञ्जली लिएर
तिम्रै प्रतीक्षा गरिरहेछन् जनहरु


प्रिय नव वर्ष,
कोरोना कहर लडाएर आउ ।

प्रकाशित मिति : २९ चैत्र २०७६ शनिबार ००:००  ४ : ०० बजे