८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मुम्बईका तीन जना पत्रकारलाई कोरोना भाइरस संक्रमण



नयाँ दिल्ली ।
मुम्बईमा कार्यरत तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पाइएको छ। भारतीय सन्चार माध्यमका अनुसार सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ।
बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये उनिहरु रहेको जनाइएको छ। अन्य ३७ जना पत्रकारमा नेगेटिभ पाइए पनि होटलमै क्वारेन्टाइनमा राखिएको छ।
संक्रमित भनिएका तीनै जना पत्रकारको परिक्षण उनिहरु आबद्ध सन्चार माध्यमले गरेकाले अब त्यसको थप परिक्षण ब्रिहानमुम्बई म्युनिसिपाल कर्पोरेसनले गर्ने छ।
होटलमा रहेका सबै पत्रकार टाइम्स ग्रुपमा आबद्ध रहेका र उसैले सम्पुर्ण व्यवस्थापन गरिरहेको जनाइएको छ। संक्रमित तीनै जना न्युज डेस्कमा काम गर्ने हुन्।

प्रकाशित मिति : ३० चैत्र २०७६ आइतबार ००:००  ४ : ०५ बजे