८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

विश्वभर कोरोना संक्रमितको संख्या २१ लाख ५२ हजार, चीन सातौं स्थानमा



काठमाडौं ।

विश्वभर २१ लाख ५२ हजार ६ सय ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानको तथ्यांक अनुसार, सबैभन्दा बढी संक्रमित भएको देशमा अमेरिका पहिलो स्थानमा छ। कोरोना भाइरसको उद्गम स्थल चीन भने सातौं स्थानमा छ।

अमेरिकामा ६ लाख ६७ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, स्पेनमा १ लाख ८४ हजार ९ ससय ४८, इटालीमा १ लाख ६८ हजार ९ सय ४१, फ्रान्समा १ लाख ४७ हजार ९१, जर्मनीमा १ लाख ३७ हजार ६ सय ९८, बेलायतमा १ लाख ४ हजार १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

चीनमा भने ८३ हजार ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। छिमेकी देश भारतमा १३ हजार ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : ५ बैशाख २०७७ शुक्रबार ००:००  ६ : २८ बजे