२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

आज आमाको मुख हेर्ने दिन, सामाजिक दुरी कायम गरेर हेरौँ



मायादेवी अनलाइन, चार नम्बर ।
वैशाख कृष्ण पक्ष औँसीका दिन जन्म दिने आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । छोराछोरीले आज बिहानै उठी आफ्नी आमालाई राम्राराम्रा लुगा र मीठामीठा–तागतिला खानेकुरा खान दिइ आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाले भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवङ्गत आमा र आमाले गरेका कष्टकर काम सम्झने गर्दछन् । यद्यपि लकडाउनका कारण विवाह भइसकेका चेलीबेटी भने आज फोनबाटै आमासँग कुरा गर्न बाध्य छन् । यस्तै सामाजिक दुरी कायम गरेर माता तीर्थ औँसी मनाउन सुझाइएको छ ।

यस्तै आमाको मुख हेर्ने औँसी समेत भनिने आजको दिन दिवङ्गत आमाको सम्झनामा काठमाण्डौको मातातीर्थमा मेला लाग्ने गरेकोमा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न भएको लकडाउनको कारण स्थगित गरिएको छ । घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र दिवङ्गत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने धर्मशास्त्रविद्को भनाइ छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  १० : २३ बजे