८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मुस्लिम धर्मालम्बीको रमजान पर्वमा नेकपाको शुभकामना सन्देश



मायादेवी अनलाइन, चारनम्बर ।
इस्लाम धर्मालम्बी (मुस्लिम समुदाय) को मूख्य पर्व रमजान मुबारकको अवसरमा नेकपा कपिलवस्तुले एक प्रेस विज्ञप्ती जारी गर्दै शुभकामना सन्देश जारी गरेको छ ।

नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा जारी संयुक्त प्रेस विज्ञप्ती मार्फत रमजान पर्वले सबै जात, जाती, भाषा, भाषि, समुदाय बीचको भाइचारा, एकता कायम गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास प्रकट गर्दछौं भनिएको छ ।

जारी विज्ञप्तीमा देश कोरोनाका कारण लकडाउनको अवस्थामा रहेकोले सरकारका सबै नियम पालना गर्दै रमजान पर्वलाई मनाउन अपिल गर्दछौं भनिएको छ ।

जारी शुभकामना सन्देशमा सिंगो विश्व कोरोना (कोभिड–१९) संग लडिरहेको अवस्थामा रमजानको पवित्र महिना शुरु भएसंगै मानव जातीले सधाका लागि कोरोनालाई परास्त पार्ने विश्वास प्रकट गर्दछौं भनिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १३ बैशाख २०७७ शनिबार ००:००  ७ : १८ बजे