१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

कोरोनापछि राजिनामा दिने मुडमा ओली, बामदेवलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्षको कार्ड




काठमाण्डौँ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीको राजीनामाको कुरा उठेपछि कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएकोहो ।

कुनै ठाउँबाट चुनाव लडाएर वा संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव ओलीले गर्नुभएको बताइएको छ ।

यस्तै पार्टीमा तीन अध्यक्ष राख्ने र माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेको एक सचिवालय सदस्यले बताए ।

नेकपामा अहिले ओली र पुष्पकमल दाहाल अध्यक्ष हुनहुन्छ । ओलीको यो प्रस्तावलाई अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाललगायतका नेताले सत्ता लम्बाउने खेलको रुपमा बुझेको आफू निकटका नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

यद्यपि यसबारे थप निर्णय स्थायी कमिटीको बैठकबाट हुने भएको छ । २० गते बस्ने सचिवालय बैठकले स्थायी कमिटीको बैठक तय गर्ने भएको छ ।

हिजोको वैठक राम्रो वातावरणमा सम्पन्न भए पनि ठक बिनानिष्कर्ष सकियो । एक अर्काले आरोप प्रत्यारोप गरे पनि सौहाद्रपूर्ण वातावरणमा वैठक बसेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा पार्टी्भित्रको आन्तरिक समस्या, पार्टी एकता र सुदृढीकरणको महत्व, सरकार र पार्टीको स्थायी कमिटी बैठक र यससँग जोडिएको विविध विषयमा विचारविमर्श भएको बताउनु भयो । उहाँले पार्टीको नेतृत्व टीमले अनौपचारिक प्रक्रिया अगाडि बढाउँदै यही २० गते पुनः सचिवालय बैठक बस्ने निर्णय भएको बताउनु भयो ।

प्रकाशित मिति : १८ बैशाख २०७७ बिहिबार ००:००  ६ : १० बजे