६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

इंग्ल्याण्डका चर्चित फुबलर ट्रेभर चेरीको निधन



एजेन्सी ।
इंग्ल्याण्डको राष्ट्रिय फुटबल टिमका पूर्व डिफेन्डर ट्रेभर चेरीको निधन भएको छ । ७२ वर्षका चेरीले अकश्मात र अप्रत्याशित रुपमा निधन भएको उनको पूर्व क्लब लीड्स युनाइटेडले जनाएको छ ।

सन् १९७२ मा उनी हड्लसफिल्डबाट लीड्स गएका थिए । उनले लीड्सबाट सन् १९७४ मा लिग च्याम्पियनसिपको उपाधि जितेका थिए । उनले क्लबबाट ४८६ खेल खेले । यस्तै उनले इंग्ल्याण्डको टिमबाट २७ खेलमा सहभागिता जनाएका थिए ।

एक पटक टिमको कप्तानी गरेका उनी सन् १९८० को युरोपियन च्याम्पियनसिपमा इंग्ल्याण्डको टोलीका सदस्य थिए । उनी ब्राड्फोर्डमा खेलाडीसँगै प्रशिक्षक पनि थिए, सो क्लबबाट उनले ९२ खेल खेले ।

प्रकाशित मिति : १८ बैशाख २०७७ बिहिबार ००:००  ८ : ४६ बजे