१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रोनाल्डो दुई साता क्वारेनटाइनमा बस्ने



एजेन्सी ।
पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दुई साता क्वारेन्टाइनमा बस्ने भएका छन् । उनी पोर्चुगलबाट प्रशिक्षणका लागि युभेन्टस फर्किएपछि इटालीमा दुई साता क्वारेन्टाइनमा बस्‍ने डेली मेलले जनाएको छ ।

डेलिमेलका अनुसार लकडाउनका कारण आफ्नो घर फर्किएका विदेशी खेलाडीहरूलाई स्वदेश फर्किए युभेन्टसले क्वारेन्टाएनमा राख्ने जनाएको छ । सबै खेलाडीलाई १४ दिन क्वारेन्टाइनमा बस्‍न आवश्यक भएको रिपेर्टमा उल्लेख गरिएको छ ।

इटालीमा १० मार्चदेखि नै राष्ट्रिय लकडाउन जारी छ । लकडाउनकै कारण सिरी ए कहिले सुरु हुन्छ भन्ने कुनै मिति तय हुन सकेको छैन । इटालियन सरकारले भने मे ४ बाट व्यक्ति प्रशिक्षणमा खेलाडी फर्किन अनुमति दिने बताएका छ । तर, यसमा विदेशबाट फर्किने खेलाडी सहभागी हुने छैनन् ।

इटाली सरकारले १८ मेभन्दा अगाडि सामूहिक प्रशिक्षण गर्न नदिने बताएको छ । तर, विदेशी खेलाडीको हकमा भने क्वारेन्टाइनका कारण सुरुवाती चरणमा प्रशिक्षणमा सहभागिता जनाउन पाउने छैनन् ।

यता युभेन्ट्का अर्का स्ट्राइकर पाउलो डिबला भने पछिल्लो डेढ महिनामा चारपटक कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७ बिहिबार ००:००  १० : २० बजे