२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

रुसी प्रधानमन्त्रीलाई कोरोना संक्रमण भएको पुष्टि



मस्को ।
रुसी प्रधानमन्त्री मिखाइल मिसहुस्तिनलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । कोरोना संक्रमण देखिएपछि उनी सेल्फ-आइसोलेसनमा हुने बताइएको छ ।

प्रधानमन्त्री मिसहुस्तिनले बिहीबार राष्ट्रपति भलाद्‌मीर पुटिनसँग भिडियो कन्फरेन्समार्फत आफूलाई कोभिड-१९ पोजेटिभ देखिएको बताएका हुन् । उनले आफ्नो अनुपस्थितिमा जिम्मेवारी सम्हाल्नका लागि नयाँ नियुक्तिका लागि आग्रह गरेका छन् ।

“मलाई कोरोना भाइरसको संक्रमण परीक्षणका क्रममा पोजेटिभ भएको थाहा भयो । त्यसकारण म सेल्फ-आइसोलेसनमा छु । मेरा सहकर्मीहरुको सुरक्षाका लागि म अनिवार्य सेल्फ-आइसोलेसनमा रहेको छ,” रुसी २४ स्टेट च्यानलसँग उनले भने ।

राष्ट्रपति पुटिनले प्रधानमन्त्री मिसहुस्तिनको सिफारिसमा एन्ड्री बेलउसोभलाई प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सुम्पिएको कार्यभार पत्रमा हस्ताक्षर गरेका छन् ।

रुसमा अहिलेसम्म उच्च पदस्थ व्यक्तिमा कोरोना भएको प्रधानमन्त्रीलाई मिसहुस्तिनलाई नै रहेको बताइएको छ ।

प्रधानमन्त्री मिसहुस्तिनले बुधबार सरकारको कोरोना भाइरस नियन्त्रण संयोजन परिषदको बैठकलाई सम्बोधन गरेका थिए ।

रुसमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाभन्दा बढी रहेको छ भने बिहीबार सात हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् ।

कोरोना संक्रमणबाट रुसमा मृत्यु हुनेको संख्या भने कम रहेको छ । हालसम्म रुसमा एक हजार ७७ जनाको मात्रै मृत्यु भएको छ । ( सीएनएन)

प्रकाशित मिति : १९ बैशाख २०७७ शुक्रबार ००:००  ६ : ०२ बजे