२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

कोरोनालाई जितेर घर फर्किए रुपन्देहीका कोरोना संक्रमित



रुपन्देही ।
रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक निको भएका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ का २५ वर्षका युवक वैशाख १९ गतेदेखि बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा उपचाररत थिए ।

गत शुक्रबार र सोमबारको रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार (आज) नै डिस्चार्ज गर्न लागिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । उनी गएको वैशाख ५ गते भारतको मुम्बईबाट मर्चवारको ठोठरी नाका हुंदै नेपाल प्रवेश गरेका थिए ।

उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिए पनि कोरोनाको कुनै लक्षण नदेखिएको डा. थापाले बताए । उनी अस्पतालमा रहँदा स्वस्थ व्यक्ति सरह गीतमा नाचेर दिने बिताउने गरेका थिए । घर गएपछि पनि उनी एकहप्ता होम आइसोलेसनमा बस्नुपर्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७७ मंगलबार ००:००  ७ : १३ बजे