२७ बैशाख २०८१, बिहिबार | Fri May 10 2024

थप एक जनामा कोराना पुष्टि, नेपालमा संक्रमितको संख्या २१८ पुग्यो



काठमाडौं ।
आज थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिउँसो दिएको जानकारी अनुसार अब कोरोना संक्रमितको संख्या दुई सय १८ पुगेको छ ।

नयाँ थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७ बुधबार ००:००  १ : ५५ बजे