२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

थपिए २४ जना कोरोना संक्रमित



काठमाडौं ।
थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

पछिल्ला थपिएका मध्ये कपिलवस्तुमा फेरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार जिल्लाका ८ जनामा कोरोना पुष्टि भएको हो ।

कपिलवस्तुमा कुल संक्रमितको संख्या ३८ पुगेको छ । दिउँसो मात्र कपिलवस्तु नगरपालिकाको वडा नं. ४ का एक पुरुषमा संक्रमण देखिएको थियो ।

यसैगरी कपिलवस्तुसंगै रुपन्देहीमा ९ जना पुरुष र तीन जना महिलामा कोरोना देखिएको छ । यस्तै पर्सामा ३ जना र नवलपरासीका १ जनामा कोरोना देखिएको छ । योसंगै नवलपरासीमा पहिलो पटक कोरोना देखिएको हो ।

प्रदेश ५ मा रहेका तराईका ५ जिल्ला मध्ये दाङ मात्र सुरक्षित देखिएको छ । अरु पाँच तराईका जिल्लामा कोरोना देखिएको छ । यो सँगै देशभर कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७ बुधबार ००:००  ८ : ०३ बजे