२८ बैशाख २०८१, शुक्रबार | Sat May 11 2024

कपिलवस्तुका ६ स्थानीय तह कोरोनाबाट प्रभावित



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा पनि कोरोनाको संक्रमण भेटिएको छ । विहीबार विहान एक ६ बर्षीया बालिकामा संक्रमण पुष्टि भएसंगै विजयनगरमा पनि कोरोना पुगेको हो ।

जिल्लाका ६ स्थानीय तह यसभन्दा अगाडी कोरोनाबाट प्रभावित भएका थिए भने विजयनगरमा थप एक जनामा संक्रमण भएपछि प्रभावित स्थानीय तहको संख्या ७ पुगेको छ ।

जिल्लामा विजयनगरसंगै मायादेवी, यशोधरा र शुद्धोधन गाउँपालिका कोरोनाबाट प्रभावित भैसकेका छन भने कपिलवस्तु, कृष्णनगर र बुद्धभूमि नगरपालिकामा पनि संक्रमण पुष्टि भएको छ । अब जिल्लाका शिवराज, महाराजगञ्ज र वाणगंगा नगरपालिका मात्र कोरोनाबाट आजको मितिसम्म मुक्त छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७७ बिहिबार ००:००  ७ : ५१ बजे