२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

कोरोना भाइरसः भारतमा संक्रमितको संख्या ७८ हजार १९४ पुग्यो



काठमाडौं ।
भारतमा कोरोना भाइरसको संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार १९४ पुगेको छ ।

गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा बुधबार एक दिनमा १३४ को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु हुनेहरुको संख्या २ हजार ५४९ जना पुगेको छ ।

यस संक्रमणबाट निको भएका बिरामीको संख्या २६ हजार २३५ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा बिहीबार बिहानसम्मको तथ्यांकअनुसार हाल यो रोगका ४९ हजार २१९ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन्।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २५ हजार ९२२ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७७ बिहिबार ००:००  २ : ४० बजे