५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कोरोना भाइरसः भारतमा मृतकको संख्या २ हजार ६ सयभन्दा बढी, संक्रमित ८२ हजार नजिक



काठमाडौं ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार ६ सय नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ९८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २ हजार ६४९ पुगेको छ ।

एकैदिन अरु ३ हजार ९४२ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ८१ हजार ९९७ पुगेको छ । ५१ हजार ३७९ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २७ हजार ९६९ जना निको भएका छन् ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा खुकुलो बनाउँदै लगिएको छ । मंगलबारदेखि भारतमा सीमित संख्यामा रेल सेवा सञ्चालन गर्न दिइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७ शुक्रबार ००:००  ७ : २४ बजे