५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बारामा एकजना प्रहरीमा कोरोना संक्रमण, संक्रमितको कुल संख्या २ सय ७७



काठमाण्डौँ ।
बारामा एकजना नेपाल प्रहरीको जवानमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ। जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत ती जवानमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

उनले प्रहरी जवानलाई अस्पताल लाने तयारी भइरहेको बताए। साथै ती जवानसँग सम्पर्कमा आएका ४० जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ। जसमा जिल्ला प्रहरी कार्यालयका प्रहरी, सरकारी वकिल, र जिल्ला प्रशासन कार्यालयका केही कर्मचारी पनि रहेको प्रजिअ पण्डिले बताए।

यसबारे केहीबेरमा स्वास्थ्य मन्त्रालयले जानकारी गराउँदैछ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७७ पुगेको छ। आजै बिहानमा दुई चरणमा ९ जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति : ३ जेष्ठ २०७७ शनिबार ००:००  ४ : २८ बजे