४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

कोरोना संक्रमणमा ब्राजिल विश्वकै चौथो स्थानमा, उछिन्यो इटाली र स्पेनलाई




एजेन्सी ।
शनिबारसम्मको तथ्यांक अनुसार ब्राजिलको कोरोना भाइरस संक्रमित संख्या इटाली र स्पेनमा भन्दा धेरै भएको छ। कुनै समय इटाली र स्पेन महामारीको केन्द्रबिन्दु बनेका थिए।संक्रमित संख्या बढि भएको मुलुकमा ब्राजिल चौथो स्थानमा आएको छ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले निकालेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै १४ हजार ९ सय १९ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै त्यहाँ संक्रमित संख्या २ लाख ३३ हजार १ सय ४१ पुगेको छ।यस विश्वव्यापी प्रकोपका धेरै संक्रमित अमेरिका, रसिया र बेलायतमा धेरै छन्। यी राष्ट्रमा संक्रमित संख्या बढेसँगै परीक्षण दर पनि बढाइएको छ। तर ब्राजिलमा भने यी तीन देशहरूमा गरिएको परीक्षणको केही भाग मात्र भएको रोयटर्सले जनाएको छ।ब्राजिलमा राष्ट्रव्यापी परीक्षणमा अझै पनि युरोपेली देशहरू भन्दा निकै पछाडि छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार यस हप्ताको सुरुमा आधिकारिक प्रयोगशालामा झन्डै ३३ लाख ८ हजार जनाको कोरोना भाइरस परीक्षण गरिसकिएको छ।

त्यस्तै १ लाख ४५ हजार जनाको परीक्षण नतिजा आउन बाँकी रहेको छ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार मात्र संक्रमणका कारण ८ सय १६ जनाको मृत्यु भएको जनाएको छ।संक्रमणका कारण ब्राजिलमा १५ हजार ६ सय ३३ जनाले ज्यान गुमाइसकेका छन्। संक्रमण संख्या बढेसँगै सम्भवतः राष्ट्रपति जाइर बोल्सोनारुमाथि थप दबाब बढ्ने अनुमान छ।एक महिनाको अवधिमा उनीसँगको टकरावले गर्दा दोश्रो स्वास्थ्य मन्त्रीले उनको साथ छोडेकाले उनीमाथि दबाब बढ्ने ठानिएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७ आइतबार ००:००  ८ : ४६ बजे