५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

थपिए ३ संक्रमित, मोरङ र धनकुटामा पहिलो पटक कोरोना पुष्टि



विराटनगर ।
प्रदेश १ का दुई जिल्लाका गरी तीनजनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुईजना मोरङ विराटनगरका र एकजना धनकुटाका छन् ।

उनीहरुको स्वाब नमुना परीक्षण गर्दा संक्रमण रहेको पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित विराटनगरका ३६ र २९ वर्षका छन् । धनकुटाकी ३४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

आइतबार थपिएका तीनजनासहित प्रदेश १ मा संक्रमितको संख्या ३९ पुगेको छ । ती मध्ये उपचारपछि निको भएर १७ जनालाई डिस्चार्ज गरिएको छ । अरु कोभिड–१९ उपचार केन्द्रमा राखिएका छन् । डिस्चार्ज गरिएकालाई रानीस्थित क्वारेन्टाइनमा राखिएको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७ आइतबार ००:००  ७ : ५१ बजे