रेडियो   टिभी

तुलसीपुरका बैंक ३ दिन मात्र खुल्ने


दाङ ।
तुलसीपुरमा लकडाउनको संवेदनशीलतालाई मध्यनजर गरेर सातामा तीन दिन मात्रै बैंकहरु खुल्ने भएका छन् ।

तुलसीपुर उपमहानगरपालिकामा यस क्षेत्रका विभिन्न बैकर्सहरुबीच भएको छलफलमा तीन दिन बैंक खोल्ने सहमति भएको हो । ‘‘आइतबार, मंगलबार र बिहीबार बैकहरु खुल्ने भएका छन,’’ लक्ष्मी विकास बैंकका म्यानेजर सरोज चौधरीले बताउनुभयो ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको छलफलमा सातामा तीन दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंक खोल्ने निर्णय भएको हो ।

बैंक खोल्दा अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्ने, मास्क र स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ । पछिल्लो समय बैंकमा बाक्लो भिडका कारण संक्रमणको चुनौती बढेको थियो ।

प्रतिक्रिया दिनुहोस