६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

दिवेस बने अमेरिकी आइडलको फस्ट रनर अप, बधाई छ !(भिडिओ)



काठमाण्डौँ ।
मेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलुको १९ औं संस्करणमा प्रतिष्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेल आइडल उपाधिबाट चुकेका छन्।

कार्यक्रममा उनी आर्थर गनको नामबाट सहभागी बनेका थिए। उनलाई लाइबेरियन मूलकी गायिका जस्ट सामले पछि पारेकी हुन्।दिवेश उपविजेतामै सीमित भएका छन्। लगातार राम्रो प्रदर्शन गरेर दर्शक तथा निर्णायकको मन जित्न सफल भएका दिवेश फस्ट रनरअप अर्थात दोस्रो भए । जस्ट सामले उपाधि जितिन् । अमेरिकन आइडलमा फस्ट रनरअप हुने दिवेश पहिलो नेपाली मुलका गायक हुन् ।

दिवेश पोखरेल

लाइबेरियन मूलकी गायिका जस्ट साम

प्रकाशित मिति : ५ जेष्ठ २०७७ सोमबार ००:००  ८ : ३० बजे