९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

बंगालको खाडीनजिक शक्तिशाली चक्रवात बन्दै, नेपालमा कस्तो असर पर्ला ?



काठमाडौं ।
बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बनिरहेको छ। भारतीय मौसम विभागका अनुसार अंपुन नाम दिइएको उक्त चक्रवातका कारण अबको केही घन्टापछि आँधी र भारी वर्षा हुने सम्भावना छ।

अहिले उक्त चक्रवात १३ किलोमिटर प्रतिघन्टाका दरले उत्तरतिर सरिरहेको छ। यो चक्रवात पश्चिम बंगाल र ओडिसा हुँदै उत्तरपूर्वतिर जाने जनाइएको छ।

चक्रवातका कारण आउने आँधी र भारी वर्षाबाट बच्न ती दुई राज्यमा उच्च सतर्कता अपनाइएको छ। यो चक्रवातको प्रभाव मे २१ सम्म रहनेछ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले चक्रवातका कारण मंगलबारदेखि नेपालको मौसम पनि प्रभावित हुने जनाएको छ।

‘हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको छ,’ महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ,‘उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २/३ दिनसम्म देशै भरि बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात र एकरदुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ।’

प्रकाशित मिति : ५ जेष्ठ २०७७ सोमबार ००:००  १२ : ३६ बजे