१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विजयनगरमा आयो ४५ मध्ये ३० जनाको पिसीआर रिपोर्ट ‘नेगेटिभ’



राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा ४५ जना मध्ये ३० जनामा सोमवार पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । जेठ २ गते ४५ जनामा पिसीआर स्वाब संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवामा पठाइएको थियो ।

जसमा ३० जना व्यक्तिको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिनुभएको छ । बाँकी १५जनाको स्वाब परिक्षण भइरहेको बताउनुभयो ।

भीम अस्पताल भैरहवामा उपचारको क्रममा एक जनामा कोरोना पुष्टि भएपछि गाउँपालिकाको वडा नं. ६ मा रहेको रामशरण आधारभूत विद्यालय जुडपानीको क्वारेन्टाइनमा ४५ जनाको स्वाब संकलन गरिएकोे थिथो ।

अहिलेसम्म विजयनगरमा १ सय २१ जनाको स्वाब संकलन भई परिक्षण गरिएको छ । जसमा १ सय ६ जनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७ सोमबार ००:००  ८ : ५८ बजे