६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

केदार ज्ञवालीको कविताः ‘स्वाभिमान’



पुकार–पुकार हे नेपाली, नेपालकै माया पुकार
युवामा जोश छ अटल, मिलेर जुटाउ सुधार

०००

लिम्पियाधुरा, लिपुलेख, कालापानीलाई समेट्दै
झुक्दैन् कहिल्यै स्वाभिमान, दुष्ट आत्मालाई नमेट्दै

०००

रुदैछन् आमा स्वदेशमा, अश्रुका धारा सजाउँदै
एक छाक पेट भरौंला, बनीबुतोमा रमाउँदै

०००

नजाउ न युवा विदेशमा, पातैमा ज्यान राखेर
रमाउन सिक माटोमा, कन्दमुल बुझो राखेर

०००

आशाको दीयो मर्देैन्, मौलिक हकको माझमा
फैलाउँला दीयो बालेर, श्रम सीप त्यो साँझमा

०००

गरौंला इलम स्वदेशमा, बाझो खेत आफै खनौंला
सिकेका सिपमा निर्भरता, आफैमा हामी बनौंला

०००

वैज्ञानिक शिक्षा यु वामा, जडिबु टीलाई पिनेर
आउदैन् खोला हामीमा, काकाकुल भन्ने चिनेर

०००

साहसी बनौं बेइमानी, जो भएपनि नछाडौं
स्वदेशी होस् या विदेशी, षड्यन्त्र अब लौ तोडौं ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७ मंगलबार ००:००  ७ : ५८ बजे