रेडियो   टिभी

डा. प्रकाश गुप्ताको कविताः ‘सरकार के को छ डर ?’


हे सरकार तिमीलाई के को छ डर
चाइना, भारत की कुर्सीको डर

०००

एक छोटी सोची हेर त कुन देशलाई छैन डर
यथार्थ यही हो विश्वलाई नै छ डर

०००

हो मेरो कुरा मान सबैलाई छ डर
प्राकृतिक प्रकोप, महामारी र विश्वयुद्धको डर

०००

आफुलाई विश्व सामु कमजोर मानी न डर
सधै देशका लागि गर, अरूसंग न डर

०००

देशको नक्शा सानो होला, न डर
अर्काे देशको दुष्ट आँखाले, न डर

०००

भ्रष्ट्रचार र जनताको गुहारबाट डर
अस्त बेस्ता सिकिस्ता शासनले डर

०००

धर्म र जातिका नाममा देश टुक्रिनेबाट डर
देशको इतिहास मेटिने बाट डर

०००

देशका गरिब, बेसाहराका पीडाबाट डर
आफ्ना ति दोगलापन युक्त राजनीतिबाट डर

०००

देशका लागि बोलेर हैन, गरेर त हेर
देशलाई नहुने सन्धि तोडेर त हेर

०००

वीर गोर्खालीलाई सम्झेर त हेर
देशमा समानताको नीति ल्याएर त हेर

०००

बहु कला संस्कृति बर्णका आफ्नै सोचेर त हेर
अनि कसले रोक्ला महान र बिशाल नेपालको निर्माण हुन

०००

यहाँ देशको छ चिन्ता तिमी कुर्सी टेबल गर्छौ
साच्चै नबुझ्ने हौकी नबुझे जस्तो गर्छौ !!

प्रतिक्रिया दिनुहोस