४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सरकारले नयाँ नक्सा जारी गर्नु युगिन कदमः खिमलाल भट्टराई (अन्तर्वार्ता)



मायादेवी अनलाइन, चारनम्बर ।
राष्ट्रिय सभाका सदस्य तथा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले भारतद्धारा अतिक्रमित नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले नयाँ नक्सा सार्वजनिक गरेको दिनलाई इतिहासकै युगिन र ऐतिहासिक दिन भएको बताउनुभएको छ । यो निर्णय एक साहसिक र ऐतिहासिक रहेको भन्दै यसले सारा नेपालीको शिर उचो भएको पनि भट्टराईले बताउनुभयो ।

विगतका शाषककै कमजोरीका कारण नेपाली भूमि भारतले अतिक्रमण गरेको भन्दै अहिलेको नेकपा सरकारले यसलाई फिर्ता लिन थाल्नु इतिहासकै युगिन कदम भएको उहाँले बताउनुभयो । यसको मुख्य आँट गर्ने प्रधानमन्त्री केपि शर्मालाई सधैसदा युगले सम्झने बताउनुभयो ।

रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको मंगलबार विहान प्रशारित कार्यक्रम समय संवादको सिमा संवाद बहसमा बोल्दै भट्टराईले आजसम्म अतिक्रमित भूमिबारे सरकारले प्रतिक्रिया मात्र दिदै आएपनि यसपाली भारतलाई क्रिया नै दिएको टिप्पणी गर्नुभयो ।

यो विषयमा भारत गम्भीर नभएको र सधै वार्ताबाट भाग्न खोजेको भन्दै उहाँले अब नेपालले नयाँ नक्सा जारी गरेपछि वार्ता र छलफल हुने बताउनुभयो । यही छलफलबाट ऐतिहासिक प्रमाणको आधारमा नेपालको भूमि फिर्ता हुनेपनि उहाँले दाबी गर्नुभयो । अहिले नक्सा मात्र बनेको भन्दै अब तत्काल भूमि फिर्ता हुने बताउनुभयो ।

प्रयाप्त प्रमाणका आधारमा यी भूमि नेपालका हुने भन्दै भारतलाई आफ्नो तथ्यको प्रमाण जुटाउन उहाँले चुनौती दिनुभएको छ । तथ्य विहिन तरिकाले नेपालको भूमि हाम्रो हो भन्दै भारतले बाटो खन्ने र सेना राख्ने काम गरेको भन्दै त्यो नेपाली जनताले स्विकार गर्न नसक्ने बताउनुभयो ।

भारतीय सेनाध्यक्षले नेपालले अरुकै उक्साहटमा लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो भन्ने प्रतिक्रिया दिएको प्रति उहाँले कडा शब्दमा भत्र्सना गर्नुभएको छ । भारतीय सेनाध्यक्षले आफ्नो हैसियत भन्दा बढी बोलेको टिप्पणी गर्नुभयो ।

नेपाल भुगोल र जनसंख्याका हिसाबले सानो भएपनि कसैको औपनिवेश नभएको भन्दै सेनाध्यक्षको बोलीले नेपाली जनता माथि ठूलो अपमान भएको उहाँले सुनाउनुभयो । उनले बोलेको शब्द फिर्ता लिनुपर्नेमा जोड दिनुभयो ।

भट्टराईसंगको अन्तर्वार्ता सुन्न तलको लिंक क्लीक गर्नुहोस

प्रकाशित मिति : ६ जेष्ठ २०७७ मंगलबार ००:००  ७ : ४४ बजे